अनमोल र सुहानाको ‘ए मेरो हजुर ३’ युटुबमा सार्वजनिक(फिल्म सहित)

झरना थापाको निर्देशनमा तयार भएको चलचित्र ‘ए मेरो हजुर ३’ हलमा रिलिज भएको डेढ बर्षपछि युटुबमा रिलिज भएको छ । यो चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । चलचित्रमा नायक अनमोल केसी, नायिका सुहाना थापा र कलाकार सलोन बस्नेतको मुख्य भूमिका छ । चलचित्रमा अनमोलसँग सुहाना थापाको जोडी बाँधिएको छ ।

चलचित्रमा अनमोल गायकको भूमिकामा छन् भने उनको फ्यानको भूमिकामा सुहाना छिन् । चलचित्रले हलमा सुपरहिटको व्यापार गरेको थियो । चलचित्र ‘ए मेरो हजुर ३’ युटुबमा रिलिज भैरहँदा यसको निर्माणपक्षले ‘ए मेरो हजुर ४’को छायांकन सुरु गरिसकेको छ ।  हेर्नुहोस् चलचित्र :-

Leave a Reply