‘रक्की और रानी कि प्रेम कहानी’मा रणवीर र आलियाको जोडी

भारतीय निर्देशक करण जोहरले ५ बर्षपछि नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । करणले निर्देशन गर्न लागेको चलचित्रको नाम ‘रक्की और रानी कि प्रेम कहानी’ हो । जसमा अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्टको मुख्य भूमिका हुने पक्का भएको छ। यो चलचित्रको आज घोषणा गरिएको छ । आज अभिनेता रणवीर सिंहको जन्मदिन पनि परेको छ । करणले चलचित्र घोषणा गर्दै भनेका छन्–‘केही बर्षपछि म फेरि आफ्नै यात्रामा फर्किएको छु । मेरो प्रिय ठाउँ, जहाँ प्रेमका कुरा हुनेछन् । यो एक विशेष प्रेम कथा हो । जसमा पारिवारिक र प्रेमको कुरा भनिनेछ ।’यसअघि पनि रणवीर र आलियाले ‘गल्ली ब्वाई’ मा एकसाथ काम गरिसकेका छन्।

Leave a Reply