सिन्धुपाल्चोकका बाढीपीडितका लागि सहयोग वितरण गर्दै पूजा र श्वेता

अविरल वर्षापछि आएको बाढीबाट प्रभावित सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा जनधनको क्षति भएको छ । बाढीका कारण हेलम्बुदेखि मेलम्चीभर झन्डै डेढ सय घर डुबानमा परेका छन् । बाढीपीडितका लागि देश तथा विदेशबाट सहयोग जुट्न थालेको छ र यसमा कलाकारहरुले पनि आफ्नो सहयोगी हात बढाएका छन् ।अभिनेत्री श्वेता खड्काले पनि सिन्धुपाल्चोकका बाढीपहिरो पीडितका लागि सहयोग अभियान सुरु गरेकी छन् । उनले सहयोगका लागि अपिल गरेपछि हाम्रो टिम नेपालले श्वेताको अभियानमा सहकार्य गर्दै ५० थान सिरक, डस्ना लगायतका राहत सामाग्री सहयोग गर्ने घोषणा गरेको छ । श्वेताले फेसबुकमा लेखेकी छन्, ‘काठमाडौलाई पानीको प्यास मेटाएर आफू भने आँशुको भेलमा डुबिरहेकी मेलम्चीको दुख र पीडालाई टुलुटुलु हेरेर कहाँ बस्न सकिन्छ र ? मेलम्चीको यो दर्दनाक अवस्थामा साथ र सहयोगको हात बढाउनु अहिलेको आवश्यकता हो । यही आवश्यकतालाई महशुस गरी तत्काल राहत र उद्धारको व्यवस्थापनमा आफ्नो पाइला अघि सारेकी छु ।’ त्यस्तै, हिमालय एयरलाइन्सका विजय श्रेष्ठले १० हजार र रमेश कुमार सापकोटाले २५ हजार सहयोग गरेको श्वेताले फेसबुकमार्फत् जानकारी दिएकी छन् । उनका अनुसार, यो रकमले खाद्य सामाग्री खरिद गरिनेछ । शुक्रवार (भोली) राहत लिएर मेलम्ची प्रस्थान गर्ने तयारीमा रहेकी उनले सहयोग गर्न चाहनेले सम्पर्क गर्न आग्रह गरेकी छन् ।

त्यस्तै अभिनेत्री पूजा शर्माले पनि सिन्धुपाल्चोकका बाढी प्रभावितहरुका लागि शुक्रबार सहयोग वितरण गर्ने तयारी गरेकी छिन् । पूजाले फेसबुकमा लेखेकी छन्, “ मेरो प्यारो सिन्धुपाल्चोक “ जहिले जे जस्तो प्राकृतिक प्रकोप नेपालमा आऊँदा पनि किन पहिला सिंधुपाल्चोक मा नै दुख पर्छ ? आज फेरी सारा सिंधुपाल्चोक वासी अत्यन्तै दुखमा छन । पर्ख ! मेरो मुटु सिंधुपाल्चोक ! हामी आऊदैछौ ! हामी भोलि ४ गते सिंधुपाल्चोक जाँदेछौ । धेरेको घरबार बिहीन भएको छ । हामीले सक्ने जती सामान लिएर जाँदैछौ । कोही चाहनु हूँछ भने संगै आउनु होला । क़ेही सामान पूर्याउनु छ भने हामिलाई सम्पर्क राख्नु होला । उनले, आफ्नो र आफ्ना साथीहरुको क्षमताले भ्याएसम्म केही सामान लिएर शुक्रबार सिन्धुपाल्चोक जान लागेको उल्लेख गरेकी छिन् ।

Leave a Reply