शाहरुखले स्वास्थ्यकर्मीका लागि दिए २५ हजार पीपीई

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणले भारत पनि आक्रन्त छ । भारतीय सरकारले यसको रोकथामका लागि २१ दिनको लकडाउन गरिरहेको छ । कोरोना भाइरसको लडाइमा बलिउडका कलाकारले नागरिक र सरकारलाई आफूले सक्दो सहयोग गरिरहेका छन् । यसमा, सबैभन्दा अगाडि बलिउड चर्चित नायक शाहरुख खान छन् । जसले, भारतका नागरिकदेखि सरकारलाई विभिन्न सहयोग गरिरहेका छन् ।

यसैबीच, नायक शाहरुख खानले महाराष्ट्र सरकारलाई २५ हजार पीपीई किट्स उपलब्ध गराएका छन् । शाहरुखले महाराष्ट्रका विभिन्न अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षाका लागि २५ हजार पीपीई उपलब्ध गराएका हुन् । शाहरुखको सहयोगका लागि महाराष्ट्र सरकारका लोक स्वास्थ्य तथा परिवार कल्याण मन्त्री राजेश टोपेले उनलाई धन्यवाद दिएका छन् । भारतमा स्वास्थ्यकर्मीका लागि पीपीईको अभाव भइरहेको खबर सार्वजनिक भइरहेका छन् । नायक शाहरुख खानले कोरोना संक्रमणसँग जुध्नका लागि यसअघि पनि विभिन्न ७ शिर्षकमा सहयोग गरिसकेका छन् ।

Leave a Reply