बलिउड अभिनेत्री तमन्ना भाटियालाई कोरोना पुष्टी

भारतीय अभिनेत्री तमन्ना भाटियालाई कोरोना भाइरसको संक्रमण भएको छ । केही दिन यता एक वेब सिरिजको छायाङ्कनको लागी तमन्ना हैदरावादमा छिन् । शूटिंगको समयमा उनलाई अस्वस्थ महसुस भएपछि कोरोना परिक्षण गरिएको थियो । लक्षण देखिएपछि हैदरावादको एक निजी अस्पतालमा परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो । उनी यति बेला हैदरावादकै एक निजी अस्पतालमा चिकित्सकको निगरानीमा उपचार गराइरहेकी छिन् । यसअघि अगस्टमा तमन्नाका आमा र बुवालाई पनि सङ्क्रमण भएको थियो । तर उनको रिपोर्ट भने नेगेटिभ आएको थियो ।

 

Leave a Reply