‘दर्पण छायाँ’को अर्को सिक्वेल ‘दर्पण छायाँ फेरि’ बन्ने,कसले निर्देशन गर्दै?

तुलसी घिमिरे निर्देशित दुई दशक अगाडि प्रदर्शनमा आएको ब्लकबस्टर चलचित्र मध्येको एक हो, ‘दर्पण छायाँ’ । नीरुता सिंह, दिलिप रायमाझी र उत्तम प्रधानको मुख्य भूमिका रहेको चलचित्रको अर्को सिक्वेल बन्ने भएको जानकारी छ। चलचित्रको नाम ‘दर्पण छायाँ फेरि’ राखिएको छ। ‘दर्पण छायाँ’को कथा जहाँबाट टुङ्गिएको थियो त्यहिदेखिको कथा ‘दर्पण छायाँ फेरि’मा हुने खबर बाहिरिएको छ। हुन त ‘दर्पण छायाँ’को ‘नेम सिक्वेल’ ‘दर्पण छायाँ २’ पनि नबनेको भने होइन। तर, चलचित्र ‘दर्पण छायाँ २’ सफल हुन सकेन ।

‘दर्पण छायाँ पछि’मा निरुता, दिलिप र उत्तमकै मुख्य भूमिका रहने कुरा पनि बाहिरिएको छ। तर केहि औपचारिक घोषणा भने भएको छैन। यसअघि चलचित्रको निर्देशन तुलसी घिमिरेले गर्ने खबर बाहिरिएको थियो । तर, अब उनले ‘दर्पण छायाँ’ को सिक्वेल निर्देशन नगर्ने जस्तो खबर पनि बाहिरिएको छ । अभिनेता उत्तम प्रधान आफैंले स्क्रिप्टसँगै चलचित्र निर्देशन गर्ने बुझिएको छ ।

 

Leave a Reply