चलचित्र सेन्सरलाई चार दिनअघि सिफारिस लिए हुने, ११ बजेपछि पनि प्रदर्शन गर्न पाइने

चलचित्र विकास बोर्डले चलचित्र प्रदर्शनको चार दिनअघि मात्र सेन्सरलाई सिफारिस दिए हुने निर्णय गरेको छ । सोमबार बसेको बोर्डको बैठकले एक साताअघि नै स्वदेशी तथा विदेशी चलचित्र सेन्सरलाई सिफारिस लिनुपर्ने नियमलाई परिवर्तन गरेर अब चार दिन अगावै सिफारिस दिए हुने नयाँ निर्णय गरेको हो ।

त्यस्तै, चलचित्र बिकास बोर्डले आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाएर राती ११ बजे पछि पनि चलचित्र प्रदर्शन गर्न पाइने निर्णय गरेको छ। उक्त समयमा चलचित्र प्रदर्शन गर्नु परेमा प्रदर्शन गर्नु अगाडि बोर्डलाई जानकारी गराउनु पर्ने छ। यसअघि बोर्डले विहान ६ बजेदेखि बेलुका ११ बजेसम्म शो निर्धारण गरेर चलचित्र चलाउन प्रदर्शकहरुलाई निर्देशन दिएको थियो ।

Leave a Reply