चलचित्र विकास बोर्डद्वारा ‘स्टोरी बैंक’को स्थापना

सरकारले यस वर्षको बजेटमा मौलिक चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने घोषणा गरेको थियो । सोही निर्णयलाई कार्यान्वयन गर्न चलचित्र विकास बोर्डले मौलिक कथा छान्न ‘स्टोरी बैंक’ स्थापना गरेको हो । बोर्डले ‘स्टोरी बैंक’ स्थापनाका लागि ‘स्टोरी बैंक कार्यविधि-२०७७’ मस्यौदा समेत तयार पारेको छ ।

बोर्डका सदस्य सचिव महेन्द्रबहादुर साँखीको संयोजकत्वमा गठित ११ सदस्य मस्यौदा समितिले ‘स्टोरी बैंक कार्यविधि-२०७७’ तयार पारेको हो । समितिमा सह-संयोजक नवल खड्का र सदस्यहरुमा विकासराज आचार्य, रविन्द्र रञ्जन झा, फुलमान वल, दिपेन्द्र के. खनाल, छिरिङ रितार शेर्पा, मीनबहादुर भाम, केकी अधिकारी, ताराकुमार श्रेष्ठ र गिरिश शर्मालगायत रहेका छन् । यो बैंक स्थापना भएपछि सरकारले मौलिक चलचित्र निर्माणमा सहयोग गर्ने विश्वास चलचित्रकर्मीको छ । यो बैंकका लागि प्राप्त भएका चलचित्रकहरु मध्येबाट प्राप्त ५ वटा मौलिक चलचित्रलाई राज्यले सुविधा दिनेछ ।

 

Leave a Reply