‘परदेशी २’को कोरोनाका कारण रोकिएको छायांकन सुरु गर्ने तयारी

कोरोनाका कारण छायांकन रोकिएको चलचित्र ‘परदेशी २’ को छायांकन सुरु गर्ने तयारी थालिएको छ । चलचित्रलाई यसै वर्षको दशैंमा प्रदर्शनमा ल्याउने तयारीमा गरिएको थियो ।
असोज दोस्रो साताबाट छायांकन थाल्ने गरी ‘परदेशी २’ टिमले मंगलवारबाट वर्कसप सुरु गरेको छ । निर्देशक नारायण रायमाझीले असोज १७/१८ गतेबाट छायांकन थाल्ने गरी स्वास्थ्य सुरक्षा अपनाएर वर्कसप सुरु गरिएको उनले बताए । चलचित्रको ७० प्रतिशत छायांकन पूरा भइसकेको र अब कथा परिवर्तन गरेर छायांकन गरिने उनको भनाई छ ।

अब चलचित्रको काठमाडौं, पाल्पा र विदेशमा छायांकन हुने निर्देशक रायमाझीले बताए । विदेशमा तत्काल सम्भव नभएकाले पहिला नेपालको छायांकन पूरा गर्ने उनको तयारी छ । रमेश विजीले लेखेको यस चलचित्रलाई निर्देशक रायमाझी र राजेश वंशलले निर्माण गरेका हुन् । दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, देबेन्द्र बब्लुलगायतका कलाकारको अभिनय रहने ‘परदेशी २’ मा विदेश पढ्न गएका विद्यार्थीको दुःख र त्यहाँको संघर्ष देखाइनेछ ।

 

 

Leave a Reply