‘आरआरआर’ को फेरि नयाँ प्रदर्शन मिति घोषणा, अब मार्च २५ मा रिलिज हुने

बहुप्रतिक्षित चलचित्र ‘आरआरआर’को फेरि नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ । कोरोनाका कारण चलचित्रको प्रदर्शन मिति धेरै पटक सारिएको थियो। ‘बाहुबली’ फेम्ड निर्देशक एसएस राजामौली निर्देशित यो चलचित्र अब मार्च २५, २०२२ मा रिलीज हुनेछ। निर्माताहरूले नयाँ रिलीज मितिको साथ चलचित्रको पोस्टर साझा गरेका छन् र यसलाई “आरआरआर अन २५ मार्च, २०२२ …. फाइनलाइस्ड भनेर क्याप्सन दिएका छन्।

यसअघि जनवरी ७ मा रिलिज हुने भनिएको चलचित्र कोरोना संक्रमणको तेस्रो लहर शुरु भएपछि पछि सरेको थियो । त्यसपछि यो चलचित्रको निर्माणपक्षले कोरोना संक्रमण कम भएर हल खुलेको अवस्थामा मार्च १८ र नभए अप्रिल २८ बाट प्रदर्शन गर्ने गरी दुईवटा मिति तय गरेको थियो ।

यो चलचित्रमा रामचरण, जुनियर एनटीआर, अजय देवगण, आलिया भट्ट लगायतका कलाकारको अभिनय छ । चलचित्रलाई डीभीभी इन्टरटेनमेन्टका डीभीभी दानय्याले निर्माण गरेका हुन्। चलचित्र हिन्दी, तमिल, तेलुगु र कन्नड भाषामा रिलिज हुनेछ ।

Leave a Reply