फ्राइडे रिलिज: आर्यन र मिरुनाको ‘च च हुई’ प्रदर्शन

फ्राईडे रिलिज अन्तर्गत आज शुक्रबारबाट चलचित्र ‘च च हुई’ प्रदर्शनमा आएको छ । चलचित्रमा दुई बेकामी युवाको जीवनमा एउटा किताबले ल्याउने उतारचढावलाई यसमा रमाइलो तरिकाले चित्रण गरिएको छ । जीवनको पिङ च च हुई गरेर मच्चिन खोज्दा आउने अवस्थालाई चलचित्रमा देखाइएको छ ।

विदेशी चलचित्रको चपेटाले ‘च च हुई’को मल्टीप्लेक्स स्थान त्यति प्रभावशाली देखिएको छैन । रिलिज अगाडीको हाइपअनुसार यो शोज राम्रो होला, तर सजिलै लगानी उठाउन यो संख्याले भूमिका खेल्दैन । यसपटक पनि नेपाली चलचित्र शोजका लागी पहिलेजस्तै बलिउड चलचित्र तगारो बनेको छ। क्युएफएक्स, बिग मुभिज, एफ क्युब, बिएसआर, वान सिनेमाज, क्युज, सिडिसी र आइएनआइ सिनेमाज लगायातका ठुला मल्टीप्लेक्सले चलचित्रको लागि जम्मा २६ शोज निकालेका छन् ।

आर्यन सिग्देल, मिरुना मगर र भोलाराज सापकोटा मुख्य भूमिकामा रहेका छन्। सम्तेन भुटियाले निर्देशन गरेको चलचित्रले हङकङबाट नेपाल फर्किएका दुई युवकको जीवनमा एउटा कितावले ल्याउने उतारचढावको कथामा केन्द्रित रहेको छ। एजीएल इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको चलचित्रलाई अमृत घोले लामाले निर्माण गरेका हुन् ।

चलचित्रमा सुशन प्रजापतिको छायाँकन रहेको छ भने पटकथा सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन् । चलचित्रमा राजनराज शिवाकोटी र रोशन थापाको संगीत, यश्री श्रेष्ठको द्वन्द , शिशिर खातीको कोरियोग्राफी, सुजिल कर्माचार्यको ब्याकग्राउण्ड स्कोर रहेको छ ।

Leave a Reply