बिराज र निकिता पोस्टरमा रोमान्टिक,फेरियो प्रदर्शन मिति

फागुण ९ गते रिलिज हुने भनिएको नायक विराज भट्ट निर्देशित चलचित्र ‘साङ्लो’को प्रदर्शन मिति हेरफेर भएको छ । अब, यो चलचित्र माघको २४ गतेबाट रिलिज हुने भएको छ ।

यसअघि ९ फागुनलाई रिलिज डेट तय गरेपनि निर्माण पक्षले ‘साङ्लो’लाई दुई साता अगाडी तानेको हो । आफ्नो निर्देशकीय डेब्यु चलचित्र माघ २४ मा अवश्य आउने अभिनेता भट्टले जानकारी दिए । शनिबार नयाँ पोष्टर सार्वजनिक गर्दै चलचित्रको नयाँ प्रदर्शन मिति घोषणा गरिएको हो। सार्वजनिक पोष्टरमा अभिनेता विराज र अभिनेत्री निकिता चण्डक फिचर्ड छन्।

चलचित्रमा विराज र निकिताका साथै प्रकाश शाह, कामेश्वर चौरासिया, अमित गिरी, रमेश सोडारी, जयनन्द लामा, आरपी पन्त, भरत शाह, दुर्गा सुवेदीलगायतको कलाकारहरूको अभिनय रहेको छ । चलचित्रमा विराजको जोडी निकितासँग बाँधिएको छ । किड्नी तस्करीको कथामा आधारित रहेर निर्माण गरिएको चलचित्रमा विराज र निकिताले एक अर्काको श्रीमान्–श्रीमतीको भूमिका निर्वाह गरेका छन् । विराजले सामाजिक कथामा एक्सनले भरिपूर्ण चलचित्रको रुपमा ‘साङ्लो’लाई ब्याख्या गरेका छन् ।

काफिया फिल्मस् र एफडी वितरक कम्पनीले फिल्ममा श्री श्रेष्ठको द्वन्द्व निर्देशन, मानकृष्ण महर्जनको छायाँकन, सुरेश अधिकारी र राजनराज सिवाकोटीको संगीत र शिवम अधिकारीको कथा छ । चलचित्रमा कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । चलचित्रलाई भोजपूरी भाषामा पनि डब गरिएको छ ।

Leave a Reply