सन्तोषको स्वरमा डीआर उपाध्यायको शब्द रहेको गजल ‘दुईमुटु जोडेर…’को लिरिकल भिडियो सार्वजनिक(भिडियोसहित)

विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको शब्द रचना रहेको गजल ‘दुईमुटु जोडेर…’ सार्वजनिक भएको छ । कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको स्वर र सङ्गीतमा रहेको गीतको लिरिकल भिडियो सार्वजनिक भएको हो । यो गजल डा. उपाध्यायको केही समय अघि सार्वजनिक एल्बम ‘चाहनाको महल’मा समावेस रहेको छ ।

विश्वमै पहिलोपटक प्राविधिक हिसाबले यो प्रयोगात्मक गजल सार्वजनिक गरिएको छ । सङ्गीत सिद्धान्त अनुसार एउटै स्केलमा तीन सप्तकमा तयार गरिएको हुनाले विश्व कीर्तिमान कायम भएको हो । एफ मेजर स्केलको मन्द्र सप्तकबाट पहिलो सेर सुरुवात हुन्छ ।

No description available.

मध्य सप्तकको एफ मेजर स्केलबाट दोस्रो सेर सुरुवात हुन्छ । तार सप्तकको एफ मेजर स्केलबाट तेस्रो सेर सुरुवात हुन्छ । यसरी एउटै सिर्जनालाई तीन सप्तकको एउटै स्केलमा सङ्गीतबद्ध गरेर रेकर्डिङ गरिएको विश्व सङ्गीतको इतिहासमा पहिलो इतिहास हो । यो गीतले केही समय अघि विश्व कीर्तिमान कायम गर्न सफल भएको थियो । भिडियो हेर्नुहोस् :

Leave a Reply