प्रदीप खड्काको भिन्न अवतारमा ‘जय जय नेपाल’ गीत सार्वजनिक(भिडियोसहित)

चलचित्र ‘प्रेमगीत’बाट दर्शकको मनमा बस्न सफल भएका चर्चित अभिनेता प्रदीप खड्का अभिनित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘जय जय नेपाल’ बोल रहेको गीतमा सत्यराज आचार्य, स्वरूपराज आचार्य, प्रताप दास र प्रविशा अधिकारीको स्वर रहेको छ । नीतिन चन्दको निर्देशनमा तयार गरिएको गीतको म्युजिक भिडियोमा एलिस कार्कीको संगीत र शैलेन्द्र एम प्रधानको संगीत संयोजन गरेका हुन् । ओएसआरको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको गीतमा गायकहरूका साथै प्रदीप र नीति शाहको प्रस्तुति रहेको छ । गीतमा राष्ट्रप्रति प्रेम, राष्ट्रप्रतिको आदर र सम्मान र ऐतिहासिक कुराहरूलाई दर्शाइएको छ । यस गीतको छायांकन केही दिनअघि धुलिखेलमा गरिएको थियो । यसअघि ‘सुनौलो बिहानी फर्किनेछ’ बोलको गीतमा प्रद‍ीप फिचर्ड थिए । लकडाउनले चलचित्र सम्बन्धी सबै काम् रोकिएपछि फुर्सदिला भएका खड्काले यस अवधिमा दुई म्युजिक भिडियोमा काम गरे । भिडियो हेर्नुहोस :

https://www.youtube.com/watch?v=HXBa832W_nQ&feature=emb_logo

Leave a Reply