‘हिजो आजका कुरा’ ले गुमायो तीन कलाकार

प्रदर्शनको सम्मुखमा रहेको चलचित्र `हिजो आजका कुरा´ ले आफ्नो चलचित्रका दिवंगत तीन कलाकारलाई सम्झीएको छ । अबको शुक्रबार अर्थात २८ असोजमा प्रदर्शन हुन लागेको चलचित्रमा अभिनीत रोहीणी भट्टराई, निरन्जनप्रसाद अर्याल र जयनन्द लामाको यो नै अन्तिम चलचित्र हुन पुगेको छ ।

वरिष्ठ अभिनेता सन्तोष पन्तको कथा तथा निर्माणमा उनका पुत्र साकार पन्त निर्देशित चलचित्रमा अभिनीत अर्याल र भट्टराईको कोरोना संक्रमणका कारण निधन भएको हो भने लामाको आफ्नै घरआगनमा दुर्घटनाबश निधन भएको थियो । ७३ बर्षीय अर्याल पूर्व प्रोफसर हुन । उनले लामो समय पिके, त्रिचन्द्र लगायतका कलेजमा प्रध्यापन गरेका थिए भने भुई मान्छे´ चलचित्रका निर्माता समेत रहेका अभिनेता भट्टराई हाउस किपीङ्ग कार्यमा परिपक्क थिए । लामा भने प्रसिद्द गायक निर्देशक तथा अभिनेता हुन । आफ्नो चलचित्रमा अभिनीत तीन-तीन जना कलाकारलाई गुमाउनु पर्दा आफुहरु अत्यन्तै दुखी भएको निर्देशक साकारले बताएका छन् । `उहाँहरु हामीमाझ हुनुहुन्न भन्ने सम्झदा पनि सारै पीडा महसुस हुन्छ,´ साकार भन्छ्न, उहाँहरु जहाँ रहे पनि आत्माले शान्ती पाओस । उहाँहरुको आशीष हामीलाई लागीरहोस ।´ हिजो आजका कुरा´ तीनै जना दिवंगत कलाकारप्रति श्रद्धासुमन भएको उनले बताए । `हाम्रो यो फिल्म उहाँहरुमा हार्दिक श्रद्धाञ्जलीका साथ समर्पण गरेका छौं´,उनले भने, हामी उहाँहरुलाई सधै मिस गरिरहने छौं ।´

पन्त फिल्म प्रोडक्सनको प्रस्तुति रहेको ‘हिजो आजका कुरा’ मा दिवंगत अर्याल,भट्टराई र लामाका साथमा सन्तोष पन्त,रमा थपलीया, साकार पन्त, केकी अधिकारी, ऋचा शर्मा, दिब्यदेव, रिमा बिश्वकर्मा,लक्ष्मी भुसाल, जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ, बिनय कुँइकेल, अनुष्का अधिकारी, सबिन शाक्य, कमला रेग्मी, रिहान केसीलगायतले अभिनय गरेका छन ।

रवि सायमीले खिचेको चलचित्रको कार्यकारी निर्माता प्रतिभा पन्त, सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय र सचितकुमार मिश्र छन् । नेपाल टेलिभिजनको बहुचर्चित टेलीशृखला `हिजो आजका कुरा´ पहिलो पटक ठूलो पर्दामा उत्रीएको छ । टेलीशृङ्खलाले झै ठूलो पर्दाको चलचित्रले पनि दर्शकको मन जित्ने बिश्वास निर्माण टिमको छ ।

Leave a Reply