‘द भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनाले आज, को बन्ला विजेता ?

लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’को चौथो सिजनको आज ग्राण्ड फिनाले हुँदै छ । बेलुका हुने ग्रान्ड फिनालेमा अन्तिम चारका प्रतिस्पर्धीमध्येबाट एक जनाले द भ्वाइस अफ नेपाल सिजन ४को उपाधि हासिल गर्नेछन् ।

प्रमोद खरेलको टिमबाट योगेश मगर, राजेशपायल राईको टिमबाट सविना योङहाङ, राजु लामाको टिमबाट करण राई र प्रविशा अधिकारीको टिमबाट शाइल लिम्बू उपाधिका लागि भिड्दैछन् । दर्शकको भोटको आधारमा विजेता छानिनेछन् । डेढ महिनाअघिदेखि सुरु भएको चौथो सिजनमा ४२ हजार जनाको आवेदनबाट १२० हुँदै छानिएका ६४ जनाले डिजिटल अडिसन दिएका थिए ।

Leave a Reply