‘चुरिफुरी’ गीतमा पूजालाई ‘ओइ ओइ पियारी’ भन्दै अभिषेक(भिडियो)

चलचित्र ‘चुरिफुरी’ को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच ‘ओइ ओइ पियारी’ बोलको सार्वजनिक गरेर निर्माणपक्षले प्रचार सुरु भएको जनाएको छ । डन्सिङ नम्बरको गीतमा बेनिशा पौडेल र समिर आचार्यको स्वर, ऋषिराज आचार्य र दीपक शर्माको शब्द र दीपक शर्माकै संगीत रहेको छ ।

यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकारहरु अभिषेक श्रेष्ठ, पुजा पन्त, राजिव जंग बस्नेत, रविन्द्र झा, शिशिर भण्डारी, सुवोध गौतम, दीपक आचार्य, सुरविर पण्डित, सोना बज्रचार्य लगायतको अभिनय छ ।

ऋषिराज आचार्यको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र आउँदो पौष ९ गते देखि प्रदर्शन हुने तयारीमा छ । यो चलचित्रबाट अभिषेक श्रेष्ठले नायकको रुपमा डेब्यू गर्दैछन् भने उनको अपोजिटमा पूजा पन्त देखिँदैछिन् । पूजाले पनि यही चलचित्रबाट नायिकको रुपमा डेब्यू गर्न लागेकी हुन् ।

आरबी मुभीजको ब्यानरमा निर्माण भएको चलचित्रमा रविन्द्र झा, राजिबजंग बस्नेत, सोना बज्राचार्य, रिन्जिन गुरुङ, शिशिर भण्डारी, दीपक आचार्य (काकु), सुबोध गौतम (एदुमे), पवन खतिवडा (म्याकुरी), सुरवीर पण्डित, ऋतु आचार्य, सुनीता श्रेष्ठ, राजेन्द्र खाती, महेश्वर आचार्य, लक्ष्मी ढकाल (जोया), कमल सिंह, सरिस्मा मगर, अस्मिता बस्नेत लगायतका कलाकारहरुको पनि अभिनय छ ।

सोसल कमेडी जनरामा निर्माण तयार भएको ‘चुरिफुरी’लाई राहुल राईले खिचेका हुन् भने निर्मातामा रिना ढकाल छिन् । त्यस्तै, सह-निर्मातामा बिमला भुसाल, राजेन्द्र खाती र शिब थापा छन् । दीपक शर्माको संगीत रहेको चलचित्रका गीतहरुमा समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेलको स्वर छ ।

भिमफेदी ग्रुपले कोरियोग्राफी गरेको चलचित्रको कला निर्देशकमा बिजय आचार्य रहेका छन् । चलचित्रलाई डि.सि.एन.ले वितरण गर्नेछ । यो चलचित्रको छायांकन ४३ दिनमा सकिएको थियो । चलचित्रले मानिसले आफ्नो स्तर भन्दा बढी नै चुरिफुरी गर्ने गरेको र त्यसले उसलाई कुन नतिजामा पुर्याउँछ भन्ने बिषयमा बोल्ने निर्देशकको भनाई छ ।

गीत हेर्नुहोस् :-

Leave a Reply