साम्राज्ञीलाई भुवनको प्रश्न ,‘जुन थालमा खाने त्यही थालमा दुलो पार्ने?’

केही दिन अगाडि अभिनेत्री साम्राज्ञी आरएल शाहले इन्स्टाग्राममा एक भिडियो साझेदार गर्दै चलचित्रमा काम गर्दा निकै नै नराम्रो व्यवहार भोगेको बताएकी थिइन् । सेयर गरेलगत्तै साे भिडियो निकै भाइरल भएको थियो । साम्राज्ञीले भिडियो सेयर गर्नुभन्दा केही समय अगाडि आफ्नो डेब्यु चलचित्र ‘ड्रिम्स’को छायांकनमा अभिनेता अनमोल केसी र आफूमाथि पक्षपात गरिएको समेत बताएकी थिइन् ।

उनले आफूलाई दुर्व्यवहार हुँदा असह्य हुने गरेको र यसकै कारण दोहोर्‍याएर उक्त व्यक्तिसँग काम नगरेको समेत बताएकी थिइन् । उनले यो कसलाई लक्षित गरेर भनेको भन्न नसके पनि उनले डेब्यु गरेको चलचित्रका निर्देशक भुवन केसीलाई नै लक्षित गरेको हो कि भन्ने अनुमान गर्न सकिन्छ ।  यसैको आधारमा साम्राज्ञीले बोलेको भोलि पल्ट अभिनेता तथा निर्माता भुवन केसीले साम्राज्ञीलाई इंगित सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस पोस्ट गरेका छन् । उनी लेख्छन्, ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सञ्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नि !!’ भूवनले आफू निर्देशित चलचित्र ‘ड्रिम्स’बाट साम्राज्ञीलाई चलचित्र क्षेत्रमा प्रवेश गराएका थिए ।

 

Leave a Reply