पूजा शर्माले नेपालमा ७२ प्रदेश र १४ जिल्ला छ भनेपछि बनिन् ट्रोलको शिकार(भिडियो)

अभिनेत्री पूजा शर्मा अहिले ट्रोलको (मजाकको पात्र) सिकार बनेकी छिन् । उनी आफ्नै अभिव्यक्तिका कारण मजाकको पात्र बनेकी हुन् । झण्डै ३ महिना अगाडि चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को प्रचारप्रसारको क्रममा एक टेलिभिजनलाई दिएको अन्तरवार्ता यती बेला सामाजिक सञ्जालमा भाइरल भएको हो । सामाजिक सञ्जालमा उनको अन्तर्वाताको सानो अंश यतीबेला भाइरल भइरहेको छ।

प्राइम टेलिभिजनमा प्रसारण हुने ‘ रजतपट अंकल’मा लिइएको एक अन्तर्वातामा पूजा शर्माले नेपालमा ७२ प्रदेश र १४ जिल्ला छ जस्तो लाग्छ भनेकी छिन् । प्रकाश सुवेदीले कति वटा प्रदेश र जिल्ला छ भनेर प्रश्न गर्दा पूजा अक्मकिदै हाँस्दै जवाफ दिएकी छिन् र आफूले गलत जवाफ दिएकी भन्ने भान पर्दा मलाई थाहा छैन समेत भनेकी छिन् । पूजा शर्माले उक्त अन्तर्वार्तामा नेपालको संचारमन्त्रीदेखि अर्थमन्त्रीको नाम समेत भन्न जानिनन् । नेपालको संचारमन्त्रीमा पूर्व चलचित्र विकासको अध्यक्ष निकिता पौडेल नाम समेत लिएकी छिन् । पूजा शर्माले आफुलाई राजनीति गतिविधिमा खासै चासो नभएको साथै मन्त्रीहरुले समेत चलचित्र क्षेत्रलाई खासै चासो नदेखाएकोले हाम्रो सम्बन्ध टाढिएको तर्क समेत दिएकी छिन् । आफूले अहिले सम्म भोट समेत नदिएको कुरा प्रष्टसंग भएकी छिन् । प्राइम टेलिभिजनमा प्रसारण भएको अन्तरवार्ता यूट्युवबाट हटाए पनि शर्माको अभिव्यक्ति पछिल्लो समय सामाजिक संजाल र टिकटकमा भाइरल भइरहेको छ ।

चलचित्रमा महँगो पारिश्रमिक लिने कलाकारको रूपमा चिनिएकी पूजा देशमा जिल्ला र प्रदेशको संख्या भन्न नजानेको भन्दै उनको आलोचना भइरहेको छ । यस्तैमा अभिनेत्री सुष्मा कार्कीले आफ्नो इन्स्टाग्रामको स्टोरीमा नेपालमा कतिवटा जिल्ला र प्रदेश छन् भन्ने ज्ञान नहुने नेपालका हिरोइन देखेर लाज लागेको भन्दै पूजालाई ब्याङग्य गरेकी छन् ।

लाजमर्दो कुरा ।  नेपालकी निकै चर्चित मानिने एक नायिकालाई नेपालमा कति जिल्ला, कति प्रदेश छन् भन्ने समेत थाहा छैन । एक टेलिभिजनको अन्तर्वार्तामा नेपालमा १४ वटा जिल्ला छन् भन्छिन् । यो भन्दा लाजमर्दो के हुन सक्छ ? एक प्रतिष्ठित कलाकार भइसकेपछि देशको साधारण कुरा जान्नुपर्दैन ? अभिनय मात्र गर्न जानेर हुन्छ ?

Leave a Reply