चर्चित नेपाली अभिनेत्री निरुता सिंह इन्डियन आइडलको सेटमा( भिडियो)

लामो समयदेखि मुम्बईमा रहँदै आएकी अभिनेत्री सिंहले विहीबार आफ्नो फेसबुकमा भिडियो पोष्ट गर्दै रियलिटी शो ‘इन्डियन आइडल’को पुगेको जानकारी गराएकी हुन् ।

अभिनेत्री सिंहले भिडियोको क्याप्शन दिदै इन्डियन आइडल शोको सेटमा राम्रो समय विताएको उल्लेख गरेकी छन् । साथै उनले गायक आदित्य नारायणलाई धन्यबाद दिदै भनेकी छन् ‘आई ह्याड अ ग्रेट टाइम एट इन्डियन आइडल सेट । थ्याङ्क्यु सो मच माई डार्लिङ आदि.. ।’

त्यस्तै आदित्य नारायण र दीपा नारायण झाको नाम उल्लेख गर्दै अभिनेत्री सिंहले लभको इमोजीको दिएकी छन् ।

विगत लामो समयदेखि मुम्बईमा रहँदै आएकी अभिनेत्री सिंहको पछिल्लो समय फिल्म ‘दाल भात तरकारी’ दर्शकमाझ रिलिजमा आएको थियो ।

Leave a Reply