चलचित्र कलाकार संघको १९ औँ महाधिवेशन चैत्र ४ मा हुने

नेपाली फिल्मका कलाकारहरुको छाता संस्था नेपाल चलचित्र कलाकार संघको १९ औं महाधिवेशन अगामी ४ चैत्रमा आयोजना हुने भएको छ । बुधबार संघका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा बसेको संघको कार्यसमिति बैठले सो निर्णय गरेको हो ।

संघको विधानअनुसार बर्तमान कार्यसमितिको पदावधी सकिएकोले बैठले सोही महाधिवेनबाट नयाँ कार्यसमितीको नयन गर्ने निर्णय समेत गरेको कलाकार संघले एक प्रेस बिज्ञप्ती मार्फत जानकारी दिएको छ । संघका सदस्यलाई सदस्यता नविकरणका लागि फागुन ४ गतेसम्म समय तोकिएको समेत विज्ञप्तिमा उल्लेख छ । नेपाल चलचित्र कलाकार संघले १९औं महाधिवेशनको मिति तय गरेपछि विभिन्न पदमा उम्मेदवारी घोषणा गर्न सुरु भएको छ ।

Leave a Reply