दयाहाङ र विपिनको ‘के घर के डेरा’ को फस्टलुक पोस्टर सार्वजनिक

दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण टिमले तीनवटा पोस्टरहरु सार्वजनिक गरेर चलचित्रको पहिलो झलक सार्वजनिक गरेको हो सार्वजनिक भएकामध्ये दुईवटा दयाहाङ राई र विपिन कार्की चित्रित क्यारेक्टर पोस्टर हुन् । अर्को पोस्टरमा अभिनेता द्वय दयाहाङ र विपिनसँगै वर्षा राउत, सुरक्षा पन्त र रविन्द्र झा पनि फिचर्ड छन् ।

तिहारलाई लक्षित गर्दै कात्तिक ४ गते प्रदर्शन हुने चलचित्रको सम्पूर्ण छायांकन काठमाडौंमा भएको हो । चलचित्रमा अभिनेता द्वय दयाहाङ र विपिन, सुरक्षा, रविन्द्र, वर्षासँगै लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रमा दिर्घ गुरुङको छायांकन, शंकर थापा स्माइलको संगीत, डिपी खनालको गीत रचना, दिर्घ खड्काको सम्पादन, याम प्रसाद वली प्रोडकसन डिजाइनर र तारानाथ न्यौपाले मुख्य सहायक निर्देशकको रुपमा रहनेछन् । दुई वर्ष अगाडि निर्माण घोषणा भएको चलचित्रलाई यसअघि सुव्रतराज आचार्यले गर्ने भनिएको थियो ।

ए प्लस इन्टरटेनमेन्दको व्यानरमा निर्माण हुने चलचित्रका कार्यकारी निर्माता युवराज कार्की हुन् । चलचित्रमा शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहेका छन् । सिंगे लामाको कथा रहेको चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका हुन् । काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा बनेको चलचित्रलाई जिजिए ग्रुप (करण श्रेष्ठ) ले वितरण गर्नेछ ।

Leave a Reply