बाढी पीडितलाई सहयोग गर्न वर्षा सिवाकोटीको ‘मेलम्ची राहत अभियान’(भिडियाे)

अभिनेत्री वर्षा सिवाकोटीले सिन्धुपाल्चोकका बाढी पीडितलाई आवश्यक पर्ने राहत समाग्री उपलब्ध गराउन सामाजिक सञ्जालमार्फत् सहयोग अभियान सुरु गरेकी छन् । उनले चलाएको ‘मेलम्ची राहत अभियान’ मा देश तथा विदेशबाट सहयोग प्राप्त भइरहेको छ । उनले चाँडै दाताहरुको नाम सार्वजनिक गर्ने बताएकी छन् । सबै विवरण पारदर्शी राख्ने उनको प्रतिबद्धता छ । ‘बाढी पहिरोले धेरै घर परिवारको क्षति पुर्‍याएको अवस्थामा हामी एक जिम्मेवार नागरिक भएको हिसाबले आफ्नो ठाउँबाट सकेको सहयोग गर्नु पर्दछ । यही कुरालाई ध्यानमा राखेर मैले पनि एउटा सानो इनिसेसन लिएको छु,’ उनले एक भिडियो जारी गर्दै भनेकी छन् । उनका अनुसार, सहयोग गर्न चाहनले प्रभु बैंकमा रहेको केवी फाउन्डेसनको खातामा रकम पठाउन सक्नेछन् ।

Leave a Reply