‘परदेशी २’ मा दीलिपको प्रवेश

वि.स २०७२ सालमा रिलिज भएको चलचित्र परदेशीले दर्शकको मन जित्न सफल भएपछि ‘परदेशी २’ अर्को वर्षको दशैंमा प्रदर्शन हुँदैछ । कोरोना भाइरसको त्रासका बीच पनि छायांकन भैरहेको चलचित्र ‘परदेशी २’ मा अभिनेता दीलिप रायमाझीको प्रवेश भएको छ । चलचित्रमा उनी भित्रिएको जानकारी गायकबाट अभिनेता बन्न लागेका प्रकाश सपुतले फेसबुकमार्फत गराएका हुन् । उनले दीलिप रायमाझीलाई आफ्नो आइडल हिरो भन्दै सँगै काम गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

दीलिपसँग खिचेका तस्विरहरु फेसबुकमा सेयर गर्दै सपुतले लेखेका छन्, ‘ म वास्तवमै नायक दीलिप रायमाझीको ठूलो फ्यान र उहाँ जस्तै हिरो बन्ने सपना पनि देखेको एक गाउँले ठिटो । आज त्यो सपना विपना भएको छ र म उनै मेरा प्रिय (आइडल) हिरोसँग स्क्रिन सेयर पनि गर्दैछु ।’

उनले दीलिप रायमाझीसँग पहिलो पटक स्क्रिन साझेदार गर्न पाउँदा आफूलाई विश्वास नै नलागेको पनि लेखेका छन् । उनी लेख्छन्, ‘आज शुटिङ भइरहदा पनि घरी-घरी यस्तो लागिराछ कि यो सबै रियल मै त भैराछ नी ? कि म गहिरो निन्द्रामा छु र मिठो सपना देखिराछु ? हँ ?’ । गएको दुई हप्तायता पोखरामा छायांकन भैरहेको चलचित्र ‘परदेशी २’ मा प्रकाश र दीलिपसँगै प्रशान्त तामाङ, वर्षा सिवाकोटी, केकी अधिकारी, नीर शाह, देवेन्द्र बब्लुलगायतको अभिनय रहनेछ । विदेश पढ्न गएका विद्यार्थीको दुःख र त्यहाँको संघर्षमा चलचित्र आधारित हुनेछ ।

Leave a Reply