आँचल शर्मा अभिनित तेलुगू चलचित्र ‘हिटम्यान’को टिजर सार्वजनिक

अभिनेत्री आँचल शर्माले अभिनय गरेको पहिलो तेलुगू चलचित्र ‘हिटम्यान’को टिजर सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको टिजर सार्वजनिक गरिएको थियो । टिजरमा नेपालको दृश्य समावेश नगरिएकाले आँचललाई टिजरमा देखिएको छैन ।

नेपालमा ११ दिनसम्म छायांकन गरिएको उक्त चलचित्रमा नेपालको दृश्यमा आँचल देखिने छिन् । विष्णु अधिकारीको निर्देशन रहेको ‘हिटम्यान’को छायांकन नेपाल र भारतमा गरिएको छ । चलचित्रमा आँचलबाहेक नेपालबाट प्रशान्त ताम्राकार, मिलन सिजापति, अदिति शर्माले पनि फिल्ममा अभिनय गरेका छन् ।

हिटम्यान (२०२२) एक साहसिक कार्य जासूस थ्रिलर हो जसले जासूस विधाका उत्साहीहरूलाई सन्तुष्ट पार्न पर्याप्त शुद्ध थ्रिल प्रदान गर्दछ।

Leave a Reply