हिमेश पन्त बने पहिलो ‘कमेडी च्याम्पियन’

नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ को शनिबार भएको ग्रान्ड फिनालेमा धादिङका हिमेश पन्त पहिलो कमेडी च्याम्पियन बनेका छन् । उनले २५ लाख रुपैयाँ नगद र एउटा कार पाएका छन्। हिमेश युट्युबबाट परिचित भइसकेका प्रतिभा हुन्। उनले बनाएको र खेलेको छोटा हास्य भिडियोले लाखौं भ्युज पाएका छन्। उनले ‘कमेडी सर्कल’ नामक प्लेटफर्ममा पनि नियमित स्ट्यान्डप–कमेडी गरेका थिए।

च्यासलस्थित ‘कमेडी च्याम्पियन’को स्टुडियोमा भएको ग्रान्ड फिनालेमा हिमेशले भोटिङका आधारमा सुमन कोइराला र खड्गबहादुर पुनलाई पाखा लगाउँदै उपाधी हात पारे । ग्रान्ड फिनालेमा प्रमुख अतिथिको रुपमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ पनि उपस्थित थिए । विशाल भण्डारीले निर्देशन र निर्माण गरेको ‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा थिए।

Leave a Reply