अनुष्का शर्मा निर्मित ‘पाताललोक’मा नेपालीमाथि अपशब्द प्रयोग हुँदा माफीको माग,नेपाली कलाकारको यस्तो स्पष्टीकरण

बलिउड अभिनेत्री अनुष्का शर्माले निर्माण गरेको वेब सिरिजमा नेपालीमाथि अपशब्द प्रयोग गरिएको विषयमा आलोचना भइरहेको छ र यो सिरिज यतिबेला विवादमा छ । यस सिरिजमा सिधा नेपालीमाथि ठेस पुर्‍याउने शब्द र अन्य गाली प्रयोग भएकोले साधारण नेपाली मानिसदेखि कलाकारहरुले समेत आपत्ति जनाएका छन् । अमेजन प्राइम सिरिजमा प्रसारण भइरहेको यो सिरिजको पहिलो सिजनको दोस्रो एपिसोडको ३ मिनेट ४१ औं सेकेन्डमा महिला पुलिसकर्मीले एक युवतीमाथि कुटपिट गर्दै नराम्रो शब्द प्रयोग गरिएको छ । नेपालीको स्वाभिमानमा आँच आउने तुच्छ गालीले सम्पूर्ण नेपालीको भावनामा ठेस पुगेको र यसले भारतीयले नेपालीलाई हेर्ने नजर स्पष्ट हुने आलोचना भएको छ ।अनुष्का शर्माले यस सिरिजप्रति माफी माग्नु पर्ने र उक्त सिनलाई नै हटाउनु पर्ने भन्दै सामाजिक सञ्जालमा आवाज उठिरहेको छ ।

हेर्नुहोस् कलाकारहरु के भन्छन् यस विषयमा :–

अभिनेत्री केकी अधिकारीले फेसबुकमा लेखेकी छिन्, ‘ भो छोडदिनुस् , आफ्नाले भन्न छाडेका छन् र अरुले नभनुन्?आज अरुले आफ्ना चेलीबेटीलाई देशकै नाम लिएर तुच्छ गाली गर्दा सार्है चित्त दुख्यो? मन पोल्यो? रगत उम्लेर आयो? आफ्नै भनाउदाहरुबाट यस्ता गालीहरु मुख अगाडी , मुख पछाडी , सामाजिक सन्जालमा, youtube मा वाल्छ्याल्ती नसुनेका, नदेखेका हौं र? हो, हामीबाटै सिकेका हुन् । यिनिहरुलाई भन्न मिल्ने रहेछ भनेर हामीले नै उकासेका हौँ। छातीमा हात राखेर भन्नुस त हामीले आफ्नै देशका दिदिबहिनीलाई यस किसिमका अपहेलना कति गरेका छौ? अनि हामी यो आशा गरिरहेका छौँ कि अरु चाही बदलिउन् । तर आफूलाई त जति पनि अधिकार छ महिलाको चरीत्र हत्या गर्ने? हैन? उता जे भयो ,जसरी उनीहरुले हामीलाई बुझे त्यो कदापि माफी योग्य छैन। तर के हामी ठीक छौँ ? एकपटक आफूले आफूलाई निसंकोच नियाल्ने कि ??’

अभिनेत्री ऋचा शर्माले लेखेकी छिन्, ‘अमेजन प्राइमको ‘पाताल लोक ‘ सिरिजमा नेपाली महिलालाई लिएर जुन अपशब्द प्रयोग भयो, त्यसले सम्पूर्ण नेपालीको मन दुखेको छ ।फिल्मको निर्माण पक्षले नेपालीहरूसँग माफी माग्नुपर्छ र त्यो शब्द सिरिजबाट हटाउनुपर्छ । यस्तो बेलामा हामी सबै एक भएका छौं ।तर, यस्तो एकता नेपाली कलाकार, मोडल, मिस नेपालहरूलाई ‘रन्डी ‘, ‘भालु’ भनेर आउने टिप्पणीको विरोधमा कहिल्यै देखिन्न ।त्यो टिप्पणी व्यक्ति विशेषलाई आएको भएर कसैले चासो नदेखाउनु भएको होला शायद । त्यस्ता अपशब्द बोल्नेहरूलाई पाठ सिकाउनु पर्दैन हामीले ? अहिले नजागे कहिले जाग्ने ?’

त्यस्तै करिश्मा मानन्धरले लेख्छिन्, ‘हदै सम्मको तल्लो स्तरिय शब्द प्रयोग गरेर नेपालीहरुप्रती गरिएको यो हदैसम्मको हेपाइ प्रस्तुत गरेको सो सिरियल कला प्रस्तुतिको नाममा भद्दा उपहास हो ,यस्को घोर भत्र्सना गर्दछु ।हरेक मुलुकका आमा, छोरी, बुहारी या कुनै पनि महिला जननी हुन्, के त्यो नेपाल आमा, अमेरिकी आमा, चाइनिज आमा या अन्य देशका आमा हुन्छ ? आमा सिर्फ आमा हुन्छिन् ।कुनै महिलाको हैसियतलाई तल गिराउँदा कुनै मुलुकको नाम जोडेर गालि गर्नु भन्दा पहिला तिनले आफ्नो हैसियत के हो भनेर आफैसंग प्रश्न गर्नुपर्ने !’

त्यसैगरी रेखा थापाको स्पष्टीकरण यस्तो छ “एकातिर जमिन अतिक्रमण गरेर हाम्रो सर्वभौमिकता माथि धावा बोल्ने, भएन भनेर बलिउडका फिल्म र सिरियलमा नेपालीको मान मर्दन हुने गरेर प्रस्तुत गर्ने दादागिरीको घोर भत्र्सना गर्दछु ।पातल लोक नामक सिरियलमा नेपाली महिलाको अस्मिता र हाम्रो सार्वभौम देशको स्वाभिमानी छोरी हरुलाई जुन निच शब्द प्रयोग गरिएको छ त्यो घोर आपत्ति जनक छ ।त्यती मात्र होइन यस्तो भाषा र हेपाई प्रवृतीले बलिउडका फिल्म, कला साहित्यको नारी प्रतिको असहिष्णुता र सोचको स्तर पनि देखाएको छ ।यसको निर्माण सम्बद्ध पक्षले तुरुन्तै माफी मागोस् र रेकर्डबाट हटाइयोस् । कुन देशका छोरी बहादुर छन भन्ने ईतिहास साक्षी छ, हामीले कुनै सिरियल वा कठपुतली बनेर फिल्म खेल्नेसँग सिक्नु छैन ।यता नेपालमा भारतीय सिनेमाको दलाली गर्ने, लाइन लागेर हेर्ने र घर घर मा हिन्दी सिरियल हेर्ने भिड पनि होसमा आओस् ।”

रक गायिक अभया सुब्बाले पनि सिरियलमा उल्लेख गरिएको शब्दले पूरा समुदायको अपमान गरेको बताएकी छिन् ।साथै, अनुष्का शर्माले यसको लागि माफी माग्नु पर्ने समेत लेखेकी छिन्  ।

त्सयसैगरी सरिता लामिछाने आफ्नो फेसबुकमा लेख्छिन्, ‘स्वाभिमानी नेपालीहरुको अस्तित्व माथि प्रहार गरिएका यि र यस्ता कार्यहरु तत्काल बन्द गरी सम्बन्धित निकायले माफी मागोस् ।


Leave a Reply