‘लप्पन छप्पन २’को ‘झुसे बारुलो’ गीत सार्वजनिक(भिडियो)

गएको तीन वर्षअघि प्रदर्शनमा आएको चलचित्र ‘लप्पन छप्पन’ को सिक्वेल ‘लप्पन छप्पन २’मा समावेश पहिलो ‘झुसे बारुलो’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रबार ओ एस आर मुभिजको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा आर्जन पाण्डे, विद्या तिवारी र मिस्टर आरजेको स्वर रहेको छ । यो गीतमा मिस्टरआरजेको शब्द तथा संगीत रहेको छ । गीतको भिडियोमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, मिस्टर राजे, कविता नेपाली लगायत फिचर्ड छन् । गीतको भिडियोलाई नरेश नाथ योगीले कोरियोग्राफी गरेका हुन् ।

एक्सन ड्रामा चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रिजना सिना, रन्जीत ओन्तालगायतले अभिनयमा डेब्यु गर्दैछन् । नेपालसहित अस्ट्रेलिया र युरोपमा खिचिएको चलचित्रमा अघिल्लो पार्टमा पनि प्रमुख भूमिकामा रहेका सौगात र अर्पण नेगेटिभ रोलमा छन् ।

https://www.youtube.com/watch?time_continue=230&v=k5SZ8xkyc1g&feature=emb_logo

चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले संयुक्त रुपमा निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता प्रकाश कुँवर र निर्मल कुमार मिश्र हुन् । चलचित्रलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् । चलचित्रका गीतमा मिस्टर आरजे, शम्भुजित बाँस्कोटा, बुलेट फ्लो र दिपक आरजेको संगीत छ ।

मुकुन्द भट्टद्वारा निर्देशित चलचित्र २०७७ साल बैशाख १२ मा रिलिज हुने छ । चलचित्रमा किङ योगी र दिलिप ओकेधाको कोरियोग्राफी छ भने, हिमाल केसीसहित निर्देशक भट्टले एक्सन, निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् । इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स् पिक्चरको संयूक्त ब्यानरमा बनेको चलचित्रलाई ‘डेन्जरस गेम’ भनिएको छ ।

Leave a Reply