दीपकराज लेख्छन्–‘राजाको पालामा जे पनि आदेशमा,गणतन्त्रमा जे पनि अध्यादेशमा’

आज १४ औँ गणतन्त्र दिवस । २०६५ साल जेठ १५ गतेकै दिन संविधानसभाको पहिलो बैठक बसेर नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । त्यही दिनको सम्झनामा हरेक वर्ष जेठ १५ गते गणतन्त्र दिवस मनाउने गरिन्छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण औपचारिक समारोह आयोजना गरिएको छैन । सरकारले दीपावली गरेर दिवस मनाउन आह्वान गरेको छ । यसैक्रममा गणतन्त्र दिवसको अवसर पारेर निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले फेसबुकमा व्यंग्यात्मक स्टाटस राखेका छन् ।

दीपकले लेखेका छन्–‘राजाको पालामा जे पनि आदेशमा चल्थ्यो । गणतन्त्रमा जे पनि अध्यादेशमा चल्छ । राजाको पालमा संसद भनेको पञ्चायतको अगं । गणतन्त्रमा संसद भनेको भंगका भंग । गणतन्त्र दिवसको शुभकामना ।’ सरकारले अध्यादेश मार्फत विभिन्न कानुन ल्याएको कुरालाई दीपकले राजाको पालासंग तुलना गरेका छन् ।

Leave a Reply