‘छक्कापञ्जा ४’ फागुन १९ मा प्रदर्शन हुने

चलचित्र ‘छक्कापञ्जा ४’ को प्रदर्शन मिति घोषणा गरिएको छ । यो प्रतीक्षित चलचित्र आगामी फागुन १९ गते प्रदर्शन हुने भएको छ । निर्माता तथा अभिनेता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका छन् । फागु पूर्णिमाको छेकोमा प्रदर्शन हुन लागेको चलचित्र यसअघि कात्तिक ४ गते प्रदर्शन हुने चर्चा थियो । यहि मितिमा यसअघि मिलन चाम्सको ‘वर एण्ड वधु’, सुरज पाण्डेको ‘परस्त्री’ र सुरक्षा पन्तको ‘बुलाकी’ले पनि रिलिज डेट घोषणा गरिसकेका छन् ।

‘छक्का पञ्जा’को अघिल्ला तीन सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गरेकी थिइन् तर छक्का पञ्जा ४ भने हेमराज विसीले निर्देशन गरेका हुन् । नरेन्द्र मैनालीको छायांकन रहने चलचित्रको कार्यकारी निर्मातामा केदार प्रसाद घिमिरे र निर्मल शर्मा छन् ।

Leave a Reply