जान्हवी कपुरको ‘गुञ्जन सक्सेना’ डिजिटल माध्यमबाट रिलिज हुने

भारतमा लामो समयदेखि जारी लकडाउनका कारण बलिउडका धेरै चलचित्रहरु रिलिजको प्रतिक्षामा छन् । तर, निर्माण भएर रिलिजका लागि तयार भएका चलचित्रका निर्माताहरुले भने अन्य विकल्प सोच्न थालेका छन् ।अहिले एकपछि अर्को बलिउड चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज गर्ने क्रम बढेको छ । यसैक्रममा नायिका जान्हवी कपुर अभिनित चलचित्र ‘गुञ्जन सक्सेना’ पनि डिजिटल माध्यमबाट रिलिज हुने भएको छ । रिलिजको मिति तय गरिएको छैन ।

धर्मा प्रोडक्शनले बनाएको यो चलचित्र नेटफ्लिक्सबाट रिलिज हुन लागेको हो । निर्माता करण जोहरले चलचित्रलाई हलमा रिलिज नगर्ने बताएका छन् ।गुञ्जन सक्सेनाको कथा एक महिलाको हो, जो भारतको एयर फोर्समा काम गर्थिन् । सन् १९९९ को कार्गिल लडाइमा उनले सैनिकहरुको ज्यान जोगाएकी थिइन् । नायिका जान्हवी कपुर उनै महिलाको भूमिका चलचित्रमा निर्वाहा गरेकी छिन् ।

Leave a Reply