वर्षाले भोकै परेका पशुपंक्षीलाई खाना खुवाउँदै (फोटो फिचर र भिडियो सहित )

कोरोना भाइरस (कोभिड १९)विश्वभर फैलिएको छ । कोरोना भाइरसको कहरबाट जोगिन र क्षति न्यूनीकरण गर्न नेपाल सरकारले वैशाख ३ गते सम्मको लागी लकडाउन घोषणा गरिसकेको छ । चैत ११ गतेबाट सुरु भएको लकडाउनले मानिसको जनजीवन त प्रभावित भएकै छ साथमा पशुपंक्षी समेत प्रभावित भएका छन् ।

पसल होस् या अन्य खाद्यान्न बिक्री वितरण गर्ने संस्था सबै यति बेला बन्द छन् । सबै मान्छे घरभित्र भएको बेला सडक, मठमन्दिर र पर्यटकीय क्षेत्रहरूमा रहँदै आएका मानिसहरु र पशुपंक्षीले खान पाउने अवस्था मुस्किल रहेको छ । यसबेला केही व्यक्ति र पशु कल्याणकारी संघसंस्था बाहेक कसैले पशुपंक्षीहरूको समस्या बुझेको देखिदैन।

यसैबीच, निर्दोष पशुपंक्षीलाई सहयोग गर्न खुलेर जागरूक भएकी अभिनेत्री हुन् वर्षा राउत । नायिका वर्षा राउतले लकडाउनका कारणले भोका रहेका पशुपंक्षीलाई खाना खुवाएकी छिन् । आइतबार बिहान वर्षा काठमाडौँको टेकु हुदै द्म्पिंग साइटमा रहेका कुकुरहरुलाई खुवाउदै त्यहाँबाट इन्द्रायणी ,सोभाभगवती , बिजेश्वरी, स्वयम्भू  , बुढानिलकण्ठ , नक्साल भगवती,कमलपोखरी , नारायणचौर लगायतका स्थानमा पुगेर पशुपंक्षीलाई बिस्कुट, चामल, मकै, गहुँ, केरा, पानी लगायतका आहार दिएकी छिन् । वर्षाले सयौं बाँदर, कुकुर, गाई, चराचुरुंगी र माछालाई आहारा दिएकी हुन् । केही दिन अगाडि मात्र वर्षाले चलचित्र  प्राविधिकहरुको लागि  ५१ हजार  सहयोग गर्ने घोषणा गरेकी थिइन्।

Leave a Reply