चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन

चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको निधन भएको छ । आइतबार राति करिब १०:३० बजे चाबहिलस्थित ओम अस्पताल पुर्याउदा मृत्यु भइसकेकाे पारिवारिक स्रोतले जनाकारी दिए ।

निधनको कारण भने अस्पतालले खुलाएको छैन । पोस्टमार्टम रिपोर्ट आएपछि मात्र निधनको कारण थाहा हुने बताइएको छ । भट्टराई करिब एक बर्ष अगाडि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए । सन् १९८८ बाट नेपाली चलचित्र क्षेत्रमा क्रियाशील भट्टराईले नेपाल चलचित्र कलाकार संघ र नेपाल फिल्म निर्माता संघमा आबद्ध रही काम गरेका थिए ।

२०४५ तिर तुलसी घिमिरेको चलचित्र कोसेलीबाट अभिनय यात्रा सुरु गरेका उनले पाँच दर्जन भन्दा बढी चलचित्रमा अभिनेता तथा चरित्र अभिनेता भएर काम गरिसकेका थिए । ५४ बर्षको उमेरमा नै निधन भएका भट्टराईले दर्जनौँ चलचित्रहरु तथा टेलिसिरियलहरुमा अभिनय गरेका थिए भने ‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ लगायतका चलचित्रहरु निर्माण गरेका थिए ।

Leave a Reply