सौगात र दीया स्टारर ‘मन्त्र’को टिजर सार्वजनिक(भिडियो सहित)

‘अ हिमालयन लभ स्टोरी’ उपशिर्षक दिइएको अभिनेता सौगात मल्ल र अभिनेत्री दीया पुनले पहिलो पटक स्क्रिन साझेदारी गरेको चलचित्र ‘मन्त्र’ को टिजर सार्वजनिक भएको छ । खिल बहादुर गुरुङ निर्देशित चलचित्रको गोरखाको मनास्लु क्षेत्रमा छायांकन भएको हो । त्यहाँको प्राकृतिक सुन्दरता टिजरमार्फत् देखाइएको छ । सौगात र दीयाको प्रेममा आउने उतार-चढावमा चलचित्र केन्द्रित रहेको टिजरबाट अनुमान गर्न सकिन्छ । सार्वजनिक टिजर १ मिनेट २७ सेकेण्ड लामो छ ।

निर्माण टिमले मनास्लु क्षेत्रमा छायांकन गरिएको पहिलो चलचित्र ‘मन्त्र’ रहेको दाबी गरेको छ । यो चलचित्रको नाम छायांकनमा जाँदा ‘बमकाजी’ राखिएको थियो । तर, पछि कथा सुहाउँदो चलचित्रको नाम राखिएको निर्देशक गुरुङले बताए । चलचित्रलाई आउँदो नयाँ वर्ष २०७७ मा प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ ।

चलचित्र ‘मन्त्र’ ले हिमाली क्षेत्रको प्रेम कथा बोल्छ । चलचित्रमा बुद्दि तामाङ, नमिता घिसिङ्ग, वीर बहादुर लामालगायतका कलाकारहरुको पनि अभिनय छ । टिजरमा सौगात र दीया हिमाली वेशभूषा र लवजमा देखिएका छन् । टिजरले दर्शकमा चलचित्रप्रति कौतुहलता जागृत गर्ने देखिन्छ । निर्देशक गुरुङले चलचित्रलाई राम्रो बनाउन कुनै कसर बाँकी नछाडेको बताउँछन् ।

https://www.youtube.com/watch?v=gsx5q-zJRDY&t=1s

मनोज राजभण्डारी निर्माता रहेको चलचित्रको कार्यकारी निर्मातामा देवेन्द्र मानन्धर, सह-निर्मातामा रविराज कार्की, सुरेश कार्की, वीर बहादुर लामा र सुभ श्रेष्ठ रहेका छन् । साम्तेन भुटियाले लेखेको चलचित्रमा शम्भुजित बास्कोटा र सन्तोष सुनारको संगीत, संजय लामाको छायांकन र मित्र डि. गुरुङको सम्पादन रहेको छ । केहि दिनअघि चलचित्र ‘मन्त्र’को फर्स्टलुक पोस्टर सार्वजनिक भएको थियो ।

Leave a Reply