दया र मिरुनाको ‘जारी’ जेठमा रिलिज हुने, हेर्नुस् फर्स्टलुक

रामबाबु गुरुङको निर्माणमा बनेको चलचित्र ‘जारी’ को फर्स्टलुक पोस्टरसँगै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यो चलचित्रको नाम समेत गोप्य राख्दै यसको निर्माणपक्षले छायांकन सुरु गरेको थियो । अर्को वर्ष (२०७७) को जेठ २३ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै शुक्रबार सार्वजनिक गरिएको पोस्टरमा नायक दयाहाङ राई र नायिका मिरुना मगर फिचर्ड छन् ।

चलचित्र ‘जारी’लाई उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेका हुन् । उपेन्द्रले ‘कबड्डी’ सिरिज लेखनमा रामबाबुलाई साथ दिदै आएका थिए । उनले, यही चलचित्रबाट निर्देशनमा डेब्यू समेत गरेका हुन् । चलचित्रको फस्टलुकमा दया र मिरुनालाई बिहे गरेर हिडेका दम्पत्तीको भेषमा प्रस्तुत गरिएको छ ।

Leave a Reply