माधव वाग्लेको ‘पारस’मा अनमोल फाइनल

‘लुट’ निर्माता माधव वाग्लेले निर्देशन गर्न लागेको चलचित्र ‘पारस’ मा अभिनेता अनमोल केसी अनुबन्ध भएका छन् । निर्माता द्वय भुवन केसी र माधव वाग्लेबीच लामो छलफलपछि अनमोल चलचित्रमा भित्रिएका हुन् । मंगलवार दिउँसो निर्माता वाग्ले र अभिनेता अनमोलबीच कागजी सम्झौता भएको छ । भुवन केसी निर्माता रहने चलचित्र सुपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुनेछ ।

अभिनेता अनमोल केसीले चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकन सकिएपछि ‘पारस’ गर्नेछन् । निर्माताबाट निर्देशक बन्न लागेको माधव वाग्लेले चलचित्रको छायांकन बैशाख दोस्रो साताबाट सुरु हुने जानकारी दिए । यो चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । अनमोलले ‘ए मेरो हजुर ४’ पछि ‘पारस’ गर्ने भएपछि चलचित्र ‘एन्टी हिरो’ को छायांकन फेरि पछाडि धकेलिएको छ । माधव वाग्लेले एक दशकदेखि निर्माताको रुपमा बटुलेको अनुभवबाट चलचित्र निर्देशन गर्न लागेको बताएका छन् ।

Leave a Reply