बेनिशाको ‘प्रेमगञ्ज’ भदौ ३ मा प्रदर्शन हुने

अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको चलचित्र ‘प्रेमगञ्ज’को प्रदर्शन मिति तय भएको छ । चलचित्र आगामी भदौ ३ गते प्रदर्शन हुने भएको छ । निर्माण टिमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त मितिमा चलचित्रलाई देशव्यापी प्रदर्शन गर्न लागिएको घोषणा गरेको हो।

परिच्छेद सेनको निर्देशनमा बनेको चलचित्रमा बेनिशाकासंगै तेज गिरी, सम्पदा बानियाँ, राईडर प्रशान्त, सुप्रिया खनाल, सिम्रन खड्काको पनि अभिनय रहेको छ । चलचित्र चौतारीले निर्माण गरेको चलचित्रको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् भने प्रस्तुतकर्ता राजु फुयाँल हुन् । प्रेमकथामा आधारित चलचित्रको कथा निर्देशक सेनले नै लेखेका हुन् ।

‘प्रेमगञ्ज’ को काभ्रेको देउराली, सोलुखुम्बुको पत्ताले, काठमाडौँ तथा भक्तपुरको नाला र पनौतीमा छायांकन भएको हो । कोरोना महामारीका बीच ७० दिन खिचिएको चलचित्रको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । चलचित्रको २ करोड लगानी भएको बताइएको छ ।

Leave a Reply