‘आमा’ गीतः सबैको सास बनि बहिरहने ‘आमा’(भिडियो सहित)

दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘आमा’मा समावेश पहिलो ‘मनको मौलो देखि मन्दिरसम्म…’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सुभाष भुषालको संगीत रहेको गीतमा भूपेन्द्र खड्काको शब्द र केतन क्षेत्रीको स्वर रहेको छ । गीतका एरेन्जर उदय राज पौड्येल हुन् । गीतको शब्द निकै मन छुने रहेको छ । आमाले आफ्नो सन्तानका लागि गर्ने संघर्षलाई निकै गहिरो रुपमा गीतमा प्रस्तुत गरिएको छ ।

ट्रेलर सार्वजनिक भएपछि दर्शकमाझ प्रतिक्षीत बनेको चलचित्रमा मिथिला शर्मा र सुरक्षा पन्त आमा-छोरीको भूमिकामा छन् । सुरक्षा र मिथिलाका अलावा चलचित्रमा देशभक्त खनाल, सरिता गिरी, लक्ष्मी भुषाल, टीका पहारीलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

चलचित्रलाई निर्देशक खनाल आफैले खिचेका हुन् । खनाल यो चलचित्रका लेखक तथा छायाँकार समेत हुन् । ‘लभ लभ लभ’ निर्मात्री शर्मिला पाण्डेको लगानीमा बनेको यो चलचित्रमा सन्तोष अधिकारी सह–निर्माताको रुपमा छन् । चलचित्रमा दिर्घ खड्काको सम्पादन छ । चलचित्रको छायांकन काठमाण्डौ र रामेछापमा भएको हो । चलचित्र फागुन ९ (महाशिवरात्री) मा प्रदर्शन हुँदैछ ।

Leave a Reply