फागुनमा वैवाहिक जीवनमा बाँधिँदै आयुष्मान र प्रियंका

गएको वर्ष नै दुई पटक इन्गेजमेन्ट गरिसकेका अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको विवाहको मिति पक्का भएको छ । एक पछि अर्को गर्दै तोकिएको विवाह मिति सार्दै आएका उनीहरू यही फागुन १७ गते वैवाहिक जीवनमा बाँधिँदै छन् । विगत २ वर्षयता प्रेम सम्बन्धमा रहेका आयुष्मान र प्रियंका यसै वर्षको असारमा विवाह गर्ने तयारीमा थिए ।

तर, दुवै पक्षका परिवारका सदस्यहरुको समय नमिलेपछि विवाह रोकिएको थियो । तर, केही दिन अगाडि आफ्ना घनिष्ट साथीहरुसँग ब्याचलर पार्टी मनाउन थाइल्याण्ड प्रस्थान गरेपछि भने प्रियंकाले यसै वर्ष विवाह गर्न लागेको चर्चा चलेको थियो ।

आयुष्मान र प्रियंकाले आफ्नो र परिवारको ग्रह कमजोर भएको कारण उचित लगन जुराएर मात्र विवाह गर्ने योजना बनाएका थिए तर अब भने सबै कुराको पार लगाउँदै चर्चित ‘आयांका’ जोडी लगन गाँठो कस्दै छन् ।

Leave a Reply