विपिन कार्कीलाई लिएर उनकै चर्चित पात्र ‘भष्मे डन’माथि चलचित्र बन्ने

चलचित्र ‘पशुपतिप्रसाद’मा निकै रुचाइएको अभिनेता विपिन कार्कीको लोकप्रिय पात्र ‘भष्मे डन’ माथि चलचित्र निर्माण हुने भएको छ । दीपेन्द्र के खनालको निर्देशनमा बन्ने चलचित्र ‘भष्मे डन’मा विपिन फेरि भष्मे डनको भूमिकामा देखिने भएका हुन् । भष्मे डनको शीर्ष भूमिकामा बिपिनले नै अभिनय गर्नेछन् । ‘पशुपतिप्रसाद’मा हनुमानको भूमिकामा देखिएका रविन्द्रसिंह बानियाँ पनि भष्मे डनमा देखिनेछन् । साथै, मित बाको चरित्रलाई पनि स्पिन-अफमा ल्याउने तयारी छ ।

६ वर्षअघि प्रदर्शन भएको ‘पशुपतिप्रसाद’मा भष्मे डन पात्रले खराबदेखि सकारात्मक व्यवहारसम्मको यात्रा गरेको छ । उसमा आउने चरित्रको रुपान्तरणसँगै फिल्म सकिएको थियो । भष्मे डन फिल्ममा अब त्यो विन्दूदेखिको कथा सुरु हुनेछ ।

नेटिजनमाझ यसको चर्चा अहिले पनि सेलाएको छैन । यो लोकप्रिय पात्रमाथि फिल्म ‘भष्मे डन’ निर्माण हुने भएको छ । पशुपतिप्रसादको स्पिन-अफ (कुनै फिल्मको चर्चित पात्रमाथि केन्द्रित रहेर निर्माण हुने अर्को फिल्म) को रुपमा यो प्रोजेक्ट बन्ने भएको हो ।

Leave a Reply