‘रातो टिका निधारमा’ रंगिन पोस्टर सार्वजनिक

अभिनेत्री साम्राज्ञी आरएल शाह र अंकित शर्मा स्टारर चलचित्र ‘रातो टिका निधारमा’को अफिसियल पोस्टर सार्वजनिक भएको छ । असोज १० गतेबाट दशैँको अवसरलाई लक्षित गर्दै प्रदर्शनमा आउने चलचित्रको एक गीत र ट्रेलर सार्वजनिक भईसकेको छ ।

अशोक शर्मा निर्देशित चलचित्रको रंगिन पोस्टरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नव-नायक अंकित शर्मा संगै चलचित्रका सबै जसो कलाकारलाई देख्न सकिन्छ भने पोस्टरमा रातो टिका र जमराको रङ्गले पोतिएको छ जसले दशैँ आएको भाव झल्काउँछ  ।

चलचित्रमा साम्राज्ञी र अंकितसँगै नीता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक शर्माकी श्रीमती किरन शर्मा र छोरी कृति शर्माले चलचित्रलाई निर्माण गरेका छन् भने शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत रहेको छ। चलचित्रको गीतमा प्रमोद खरेल, मेलिना राई, निशान भट्टराई र अस्मिता अधिकारीले आवाज भरेका छन् भने चलचित्रका लागि सहदेव ढुंगाना, डा.कृष्णहरि बराल र रवि. मल्लले गीत लेखेका हुन्।

ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण हुने चलचित्रलाई  पुरुषोत्तम प्रधानको छायाँकन, मित्र डी गुरुङ्ग को सम्पादन रहेको छ  ।

Leave a Reply