‘वर एण्ड वधु’मा आँचलको ‘वर’ विवेक

निर्देशक मिलन चाम्सको निर्देशन रहने चलचित्र ‘वर एण्ड बधु’मा मुख्य अभिनेता फाइनल भएको छ । चलचित्रमा मुख्य अभिनेताको रुपमा विवेक कर्मचार्य अनुबन्धित भएका छन् । उनले यही चलचित्रबाट नायकको रुपमा डेब्यू गर्न लागेका हुन् । विवेकले माला आर्टस एकेडेमीबाट अभिनयमा स्नातक गरेका हुन्।

चलचित्रमा विवेकको जोडी अभिनेत्री आँचल शर्मासँग बाँधिनेछ । कमेडी र प्रेमकथामा आधारित रहने चलचित्रमा आँचल ‘बधु’को भूमिकामा देखिने छिन् भने विवेक ‘वर’को। पछिल्लो पटक साउथ चलचित्र ‘हिटम्यान’मा काम गरेकी आँचललको यो लकडाउनपछि पहिलो नेपाली चलचित्र हो । चलचित्रका अन्य कलाकार केही दिनमै फाइनल हुने निर्माणपक्षले बताएको छ । यस चलचित्रको लागि आँचलले १० केजी तौल घटाएकी छन् । एल आर के इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रको केही दिनमा छायांकन सुरु हुनेछ।

Leave a Reply