नेपाल भाषाको चलचित्र ‘कर्म’ मा मदनकृष्ण, कर्मा र आशिष्मा

बौद्ध कथामा आधारित नेपाल भाषाको चलचित्र ‘कर्म’ शनिबारबाट गुण सिनेमा हल,ग्वार्कोमा प्रदर्शन भएको छ । रामकृष्ण खड्गीको पटकथा, संवाद तथा निर्देशन रहेको चलचित्रको निर्माता राजेन्द्र शाक्य (दिजेन्द्र) हुन् ।

गुण समूहले निर्माण गरेको चलचित्रमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ,कर्म शाक्य, आशिष्मा नकर्मी, नारायणदेवी प्रधान,यमन श्रेष्ठ,कृष्णभक्त महर्जन,लुनिभा तुलाधर,वत्स शाक्य,रजनी खड्गी,अन्नपूणर्ेश्वरी श्रेष्ठ,रुमन जोशी,अजय श्रेष्ठ,सुशील शाक्य,राजु मानन्धर,पुरन सायमीलगायतले अभिनय गरेका छन् ।

पहिलो दिनको विशेष शोमा अभिनेता कर्म शाक्य, यमन श्रेष्ठ,कृष्णभक्त महर्जन,निर्माता छबिराज ओझालगायतका कलाकार उपस्थित थिए । निर्देशक रामकृष्णले फिल्म अब निरन्तर एक महिना गुण सिनेमा प्रदर्शन हुने बताए ।

यसै समूहले यसअघि पनि बौद्ध कथामा ‘पटाचारा’ र ‘कृषा गौतमी’ चलचित्र निर्माण गरेको थियो । दुवै चलचित्रको आम्दानी सामाजिक कार्यमा लगाइएको थियोे । लुःज सिंहले खिचेको ‘कर्म’ को सहनिर्माता दिप्रश शाक्य छन् । रामकृष्ण,बालकृष्ण र राजु तुलाधरको संगीत रहेको चलचित्रको सम्पादन र पाश्र्व संगीत सृजना बालकृष्ण बंशीले गरेका हुन् ।

Leave a Reply