आमिर खान र किरणको विवाहको १५ वर्षपछि डिभोर्स !

बलिउड अभिनेता आमिर खानले आफ्नी पत्नीसँगकाे १५ वर्ष लामाे सम्बन्ध तोड्न लागेको घोषणा गरेका छन् । सामाजिक सञ्जालमा संयुक्त विज्ञप्ति जारी गर्दै अभिनेता खानले पत्नी किरण रावसँग डिभोर्स गर्न लागेको खुलाएका हुन् । ‘बितेका १५ वर्षमा हामीले जीवनभरका अनुभव, सुखदुःख साझा गरेका छौँ र हाम्रो सम्बन्ध केवल विश्वास, आदर र प्रेममा बढेको छ । अब हामी नयाँ जीवनको नयाँ अध्याय सुरु गर्न चाहन्छौं,’ आमिर खान र किरण रावले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

एक-अर्काबीचको सम्बन्ध-विच्छेद भए पनि उनीहरू आफ्ना छोरा आजाद राव खानको सहअभिभावक रहनेछन् साथै पानी फाउन्डेसन र ‘अन्य परियोजनाहरू’ मा उनीहरूको व्यावसायिक साझेदारीलाई निरन्तरता दिनेछन् । किरण राव आमिरकी दोस्री पत्नी हुन् । सन् २००२ मा आफ्नी पहिली पत्नी रिना दत्तासँग सम्बन्ध-विच्छेद गरेपछि आमिरले सन् २००५ मा किरण रावसँग विवाह गरेका थिए ।

Leave a Reply