कलाकार पदमप्रसाद पौडेलको ९२ वर्षको उमेरमा निधन

कलाकार पदमप्रसाद पौडेलको मंगलबार निधन भएको छ । चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार बुढानीलकण्ठ चपलीस्थित घरमा अपरान्ह साढे तीन बजे पौडेलको निधन भएको हो । उनको मंगलबार साँझ पशुपति आर्यघाटमा हिन्दू संस्कार अनुसार अन्त्येष्टि गरिँदैछन् । उनका पाँच छोरा र दुई छोरी छन् ।

Leave a Reply