प्रियंका र दीपिकाको ‘हेल्लो जिन्दगी’ को ट्रेलर सार्वजनिक(भिडियो)

एभरेष्ट सूर्य बोहराको निर्देशन रहेको चलचित्र ‘हेल्लो जिन्दगी’को ट्रेलर सार्वजनिक गरिएको छ । सत्य घटनामा आधारित सामाजिक कथा समेटिएको चलचित्रको ट्रेलरमा एक्सन, प्रेम र जिन्दगीको उतारचढाव प्रस्तुत गरिएको छ । २ मिनेट १४ सेकेन्ड लामो ट्रेलरमा अभिनेता विक्रम डि जोशी, अभिनेत्री द्वय प्रियंका कार्की र दीपिका प्रसाईंसँगै कलाकार विल्सन विक्रम राईलाई देख्न सकिन्छ ।

यसै वर्षको चैत ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा एभरेष्ट सूर्य बोहरा, सबिता गुरुङ, विक्रान्त बस्नेत, सनमकुमार बैराग, जानकी पन्त (जुन), ध्रुव दत्त, कुमुद पन्त लगायतको पनि अभिनय छ ।

वीरञ्जना इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्रलाई हिराल जोशी र विक्रम डी जोशीले निर्माण गरेका हुन् भने कार्यकारी निर्मातामा सिर्जना जोशी महर्जन रहेकी छन् । सूर्य र विक्रमको कथा रहेको चलचित्रको पटकथा र संवादमा निर्देशक बोहरालाई अभिमन्यू निरवीले साथ दिएका छन् ।

पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रमा मित्र डी गुरुङको सम्पादन छ । ‘हेल्लो जिन्दगी’को बेलायत र नेपालमा छायांकन गरिएको हो । निर्देशक बोहराकै शब्द रहेको चलचित्रका गीतमा राजनराज सिवाकोटी र एलिस कार्कीको संगीत छ । प्रमोद खरेल, प्रताप दास, प्रविशा अधिकारी, एड्रिन प्रधान र रजिना रिमालले यस चलचित्रका गीतमा स्वर दिएका छन् ।

Leave a Reply