सौगात र श्रृष्टीको ‘दि सेक्रेट्स अफ राधा’को फर्स्टलुक पोस्टर सार्वजनिक

चलचित्र ‘राधा : द सेक्रेट्स अफ राधा’ को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ । चलचित्रका निर्देशक सुर्वण थापाले आइतवार साँझ सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको फर्स्टलुकमा सृष्टि मात्र फिचर छिन् । उनी पोस्टरमा निकै गम्भीर र चिन्तित मुद्रामा देखिएकी छन् ।

चलचित्रमा सौगात र सृष्टिकासंगै खगेन्द्र लामिछाने, मेनुका प्रधान, पशुपति राई, दिव्य देव पन्त, पुस्कर गुरुङलगायत कलाकारको पनि अभिनय छ । चलचित्रमा नायक दयाहाङ राई र निर्देशक तथा कलाकार निश्चल बस्नेतको भने विशेष भूमिकामा देखिनेछन् ।

यो चलचित्रलाई निर्देशक थापासँग मिलेर सौगातले निर्माण गरेका हुन् । आदियोगी भिजन, मन्डला अनलाइन, महारानी इन्टरटेन्मेन्ट र महा प्रोडक्सनको ब्यानरमा बनेको यस चलचित्रमा नरेन्द्र मैनालीको छायांकन र कालीप्रसाद बाँस्कोटा संगीत छ । सृष्टिले ‘राधा’ को चरित्र निर्वाह गर्नु आफ्नो लागि निकै विशेष रहेको बताएकी छन् ।

चलचित्रको प्रदर्शन मिति तय गरिएको छैन । चलचित्रको छायांकन पालुङ र काठमाण्डौमा गरिएको हो । माघको अन्तिमबाट चलचित्रको छायांकन सुरु भएको थियो । चलचित्रको छायांकन २५ दिनमा सकिएको थियो ।

सृष्टि यसअघि ‘माइकल अधिकारी, पोइ पर्‍यो काले, मासु भात’ लगायतका चलचित्रमा सौगातसँग एकसाथ काम गरिसकेकी छन् ।

Leave a Reply