चलचित्र ‘म’को छायांकन सम्पन्न

चलचित्र सम्बन्धि अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले पहिलो पटक निर्माण गरेको चलचित्र ‘म’ को छायांकन सम्पन्न भएको छ । चलचित्रको छायांकन २६ दिनमा सकिएको हो ।काठमाडौंको महेन्द्र निधि अस्पतालबाट दृश्य खिच्न सुरु गरिएको यस चलचित्रको तीन वर्ष अगाडि नै घोषणा गरिएको थियो तर कोरोनाका कारण छायांकन सुरु हुन सकेको थिएन ।

चलचित्र ‘सुनगाभा’ का निर्देशक सुर्वण थापाले ‘म’ को निर्देशन गरेका हुन् । चलचित्रको कथा कान्तिपुर फिल्म एकेडेमीका सिइओ समेत रहेका प्रकाश पुरीले लेखेका हुन् । यस चलचित्रमा सरोज खनाल, सरिता लामिछाने, निशा अधिकारी, सविन श्रेष्ठ, निराजन प्रधान, रुविना थापा, प्रमोद अग्रहरी, संजोग रसाइली,नरेन खड्का, पुनम श्रेष्ठ लगायतका कलाकारको अभिनय रहनेछ । चलचित्रको निर्माता विमला हुमागाईं र पदम पुरी हुन् । तेञ्जिङ्ग पाल्देनको छायांकन रहेको यो चलचित्रले मानिसभित्रको कथा भन्ने बताइएको छ ।

Leave a Reply