अक्षयले कोरोना विरुद्ध लड्न गरे २५ करोड सहयोग

विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणले भारत पनि आक्रन्त छ । भारतीय सरकारले यसको रोकथामका लागि २१ दिनको लकडाउन गरिरहेको छ । अहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरससँग लड्नका लागि सहयोग कोष नै बनाएका छन् ।

यो कोषको निर्माण भएसँगै भारतका विभिन्न व्यक्तिहरुले सहयोगको हात पनि अगाडि बढाएका छन् । यसैविच, बलिउड नायक अक्षय कुमारले प्रधानमन्त्री राहत कोषमा २५ करोड सहयोग गर्ने घोषणा गरेका छन् । अक्षयले सबैसँग सहयोगका लागि अपिल समेत गरेका छन् । अक्षयले २५ करोड सहयोग गरेसँगै प्रधानमन्त्री मोदीले उनलाई धन्यवाद समेत दिएका छन् ।


Leave a Reply