विल्सनलाई जन्मदिनको बहुमूल्य उपहार स्वरुप पुत्र लाभ

‘तक्मे बुढो’का रूपमा चिनिएका हास्यकलाकार विल्सनविक्रम राई बुवा बनेका छन् । अभिनेता विल्सनकी पत्नी रजनी गुरुङले छोरालाई जन्म दिएकी हुन् ।

विल्सनले सामाजिक सञ्जालमा ‘आफ्नो जन्मदिनको बहुमूल्य उपहार’ भन्दै छोरासंगको तस्विर शेयर गरेर सबैलाई जानकारी दिएका छन् ।हाम्रो परिवार मीठो र प्यारा सानो हातले बढेको हुदा जीवनको नयाँ सर्कल सुरु भएको छ । मेरो सानो हिरोलाई संसारमा स्वागत छ भनेर दुई तस्विर फेसबुकमा सेयर गर्दै आफ्नो पत्नीलाई बधाई दिएका छन् । आमा र छोराको स्वास्थ्य राम्रो रहेको छ ।

संयोगवश आज विल्सनको पनि जन्मदिन रहेको छ । सन् १९८७ जनवरी २९ तारिखका दिन झापामा जन्मेका विल्सन आज ३४औँ जन्मदिन मनाउँदै छन् ।सामाजिक सञ्जालमा तस्विर साझेदार गरेसँगै उनलाई चलचित्रकर्मी र प्रशंसकहरुले जन्मदिनको शुभकामनाका साथै राई दाम्पत्यलाई बधाई पनि दिइरहेका छन् । 

Leave a Reply